पहिलाे ई–पासपाेर्ट सत्यमाेहन जाेशीलाई

 मंसिर १, २०७८ बुधबार १७:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमाेहन जाेशीलाई नेपालकाे पहिलाे विद्युतीय राहदानी (ई–पासपाेर्ट) प्रदान गरिएकाे छ । 

राहदानी विभागमा आज बुधवार आयाेजना गरिएकाे 'पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम' मा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले जाेशीलाई नेपालकाे पहिलाे ई–पासपाेर्ट प्रदान गर्नुभएकाे हाे । याेसँगै जाेशीले आफूसँग भएकाे पुरानाे पासपाेर्ट राहदानी विभागका निर्देशक डोरनाथ अर्याललाई हस्तान्तरण गर्नुभएकाे छ । 

कार्यक्रममा महानिर्देशक अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउनुभयो । उहाँले संसारमा चलेका राहदानीहरूमा विद्युतीय राहदानी सबैभन्दा पछाडिको रहेको बताउनुभयो । 

महानिर्देशक अर्यालले नयाँ सार्वजनिक गरिएको राहदानी ३४/६६ पृष्ठको रहेको र अब यात्रा गर्नेहरूको पेज सकिएर राहदानी विभागमा धाइरहनुपर्ने समस्या समाधान हुने बताउनुभयो । उहाँले अहिले नेपालमा ई–पासपोर्ट बनाउन ठूला दुई वटा मेशिन रहेको भन्दै आवश्यक राहदानी बनाउन समस्या नपर्ने बताउनुभयो ।

सरकारले आजदेखि देशभर ई–पासपाेर्ट परीक्षणका रूपमा वितरण सुरु गरेकाे छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया