प्रधानमन्त्री नबने पनि गठबन्धनभित्र बलियाे छु : प्रचण्ड

 मंसिर १, २०७८ बुधबार २०:४२:२३ | धनवीर महतो
unn.prixa.net

फाइल फाेटाे

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र आफू बलियो भएको बताउनुभएकाे छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू प्रधानमन्त्री नबने पनि आफूले प्रधानमन्त्री बनाएको बताउनुभयाे । 

कार्यक्रममा बाेल्दै उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूह मधेश र राष्ट्रविरोधी भएको अरोप लगाउनुभएकाे छ । देशभित्र र बाहिरबाट ठूलो सेटिङ भएको बताउँदै अध्यक्ष दाहालले आफूलाई बादशाह ठानेका ओलीलाई आफूहरूले सडक आन्दोलनबाट बालकोट पुर्‍याएको बताउनुभयाे । 

सेटिङ ठूलै थियो, देशभित्र र बाहिरको सेटिङ भएको थियो तर सडकमा आन्दोलनको लहर चलेपछि प्रतिगामी झुक्यो, उहाँले भन्नुभयाे, आफूलाई बादशाह ठानेका केपी ओलीलाई बालकोट पुर्‍याइयो ।

मधेशी नागरिककाे पहिचान तथा सबै जाति र वर्गको अधिकारका लागि आफ्नाे पार्टी लडिरहेकाले मधेशमा मा‌‌ओवादी नम्बर एक पार्टी बन्ने दाबी पनि दाहालले गर्नुभयाे ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया