पत्रकारलाई सम्मान र प्राेत्साहन गर्न 'नेपाल मिडिया अवार्ड' हुने

 मंसिर २, २०७८ बिहीबार १७:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पत्रकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक 'मिडिया अवार्ड' हुने भएको छ । ड्रिम हई नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासङ्घको सहकार्यमा अवार्ड प्रदान गर्न लागिएको हो ।

'नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल जिसीले बताउनुभयो ।

यी विधाबाहेक भूगोलतर्फको सात प्रदेशबाट दुई/दुई जनालाई सम्मान गरिनेछ भने नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्‍याएका दुई विशिष्ठ सञ्चारकर्मीलाई ’लाइफटाइम एचिभमेन्ट’ सम्मान प्रदान गरिनेछ ।

नेपाल पत्रकार महासङ्घसँगको समन्वयमा महासङ्घका पूर्वअध्यक्षसहित सञ्चार विज्ञसहितको पाँच सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरूको छनोट गर्ने आयोजकले बताएको छ । पुस २३ मा अवार्ड घोषणा गरिनेछ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया