सप्तरीमा बसले माइक्राेलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे

 मंसिर २, २०७८ बिहिबार २०:१८:५१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा बसले माइक्राेलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । बसले माइक्राेलाई ठक्कर दिँदा अन्य ६ जना घाइते भएका छन् ।   

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका ८ बेरियर चोकमा ना ५ ख ४६९२ नम्बरकाे बसले बा ४ ख ५०७९ नम्बरकाे माइक्राेलाई आज बिहीवार दिउँसाे ४ बजे ठक्कर दिएको हो ।  

दुर्घटनामा माइक्राेमा चढेका काठमाण्डौ महानगरपालिकाका ३८ वर्षीय गृषमान सिंह र मोरङगको विराटनगर महानगरपालिका ३ का ४१ वर्षीय चुडाबहादुर बस्नेतको ज्यान गएकाे सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया