आज गुरु नानक जयन्ती मनाइँदै

 मंसिर ३, २०७८ शुक्रबार ७:२०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिख धर्मावलम्बीले आज गुरु नानकको जन्मजयन्ती मनाउँदै छन् ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

भारतको पन्जाब प्रान्तमा सबैभन्दा पहिले सिखको सुरुवात भएको मानिन्छ । सन् १४६९ मा जन्मिएका गुरु नानकको शिक्षाकै आधारमा सिख धर्मको सुरुवात भएको हो ।

नेपालका विभिन्न ठाउँमा सिख धर्मावलम्बीले गुरुद्वारा बनाएका छन् । त्यहाँ आजको दिन विशेष भजनकीर्तन गरिन्छ । गुरुनानक जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना सन्देश दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले गुरुनानकको मार्गदर्शनले समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न धार्मिक र सामाजिक कार्य गरी मनाइने यो जयन्तीले आपसी सद्भाव र भाइचारा बढाउनेतर्फ प्रोत्साहन मिल्ने उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया