मणिमुकुन्दलाई साेझाे सेटमा हराउँदै आर्मी फाइनलमा, उपाधिका ल...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै - अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावसँगै प्रदूषणका कारण भिजिबिलिटी घटेको छ । देशका धेरै ठाउँमा तुवाँलो लागेका कारण भिजिबिलिटी घटेको हो।
मौसमविद् निराजन सापकोटाका अनुसार आज भिजिबिलिटी ५ हजार मिटरमा झरेको छ । हिजो अस्ति सात/आठ हजार मिटर हुने गरेको थियो । अहिले हवाई सेवामा भने सञ्चालन भइरहेका छन् ।
भिजिबिलिटी ३ हजार मिटरसम्म हुँदा उडान अवतरण हुने गरेको छ । मौसम धुम्म भएका बेला र तुवाँलो लागेका बेला भिजिबिलिटी कम हुन्छ । यस्तै, अहिले भारतबाट प्रदूषणयुक्त हावा नेपाल आउन थालेकाले पनि भिजिबिलिटी स्वात्तै घटेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।
उहाँकाअनुसार भारतको दिल्लीको वायु प्रदूषणले अहिले नेपालमा असर पर्न थालेको छ । तर, दिल्लीको प्रदूषणयुक्त हावा नेपालमा प्रवेश गरेको बारे वातावरण विभागले भने कुनै औपचारिक जानकारी दिएको छैन । मौसमविद्ले भने प्रदूषणको असर देखिन थालेकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।
प्रदूषणबाट बच्न घर बाहिर हिँडडुल गर्दा मास्क प्रयोग गर्नुपर्ने हुन्छ । यस्तै प्रदूषणको मात्रा बढेका बेला मर्निङवाकमा जानु उपयुक्त नहुने पनि विज्ञले बताउँदै आएका छन् । यस्तै, मौसमविद्ले भिजिबिलिटी घटेकाले गाडी चलाउँदा र हिँडडुल गर्दा पनि सावधानी अपनाउन आग्रह गरेका छन् ।
भिजिबिलिटी कम हुँदा दुर्घटनाको जोखिम धेरै हुन्छ । बिस्तारै गाडी चलाउन र हिँडडुल गर्दा फुटपाथको प्रयोग गर्न मौसमविद्को आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।