सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, सात जना घाइते

 मंसिर ३, २०७८ शुक्रबार १२:३४:५६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् ।

खडक नगरपालिका वडा नम्बर ६ वीरपुरमा स १ त ६२५६ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा सिरहाको नरहा गाउँपालिका–३ की काशी देवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

ट्र्याक्टरले बा ९३ प ३५९ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो । घाइते सबैको राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर ३, २०७८

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया