बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – नदीको कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य तत्कालै थालिने भएको छ ।
नदीले धेरै ठाउँमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो । यस विषय अध्ययनका लागि नेपाल–भारत दुई देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले 'फिल्ड भिजिट'को काम समेत सकेको छ । टोलीमा नेपाली पक्षबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभागका प्रवक्ता समेत रहनु भएका उप–महानिर्देशक कृष्णप्रसाद नेपाल लगायतको उपस्थिति थियो ।
उच्चपदस्थ टोलीमा सहभागी नेपालले भन्नुभयो, “अर्को बाढीभन्दा पहिले गर्नुपर्ने काम आइडेन्टिफाइ गर्नु पर्ने र आइडेन्टिफाइ गरेको कामलाई फिल्ड भेरिफिकेशन गर्न नेपाली पक्षले सहभागिता जनाएको हो । बाँकी अन्य मर्मत लगायतका सम्पूर्ण कार्य भने भारतीय पक्षले नै गर्नेछ ।”
भारतीय पक्षको नेतृत्व भने गंगा नदी बाढी नियन्त्रण आयोजनाका प्रमुख सीके एल.दासले गर्नु भएको थियो । उहाँले फिल्डमा पुगेर वस्तुस्थिति अध्ययन गरिएकाले तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाउन सहज हुने बताउनु भयो । दासले थप एजेण्डाका विषयमा भने हाई कमिटीको बैठकमा कुरा उठाउने बताउनु भयो ।
टोलीमा नेपालको तर्फबाट विपद् व्यवस्थापन महाशाखासहित भू–आर्जन कार्यालयका पदाधिकारीका अलवा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सहभागी हुनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।