सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा (काेभिड–१९) कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या आठ लाख जना नाघेको छ ।
पछिल्लो २४ घण्टामा तीन सय ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख तीन सय ५९ जना पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार १९ जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय १४ जना गरी कुल नौ लाख १४ हजार तीन सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा एन्टिजेनबाट पुष्टि भएको विवरण छुट्टै सार्वजनिक गरे पनि उनीहरू निको भएको विवरण भने सार्वजनिक गरेको छैन ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय २३ जनाको नमुना परीक्षण गर्दा दुई सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ९६ पुगेको छ ।
अहिले नेपालमा सात हजार एक सय ६४ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा ७९ लाख ६ हजार तीन सय ६९ जनाले पूर्ण मात्रा र ९१ लाख २० हजार १४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।