भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
काठमाडौं, जेठ २० – सभामुख कृष्णबहादुर महराले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकको सुरु भएसँगै प्रतिपक्षी दलका सांसदले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न भनेपछि सभामुखले त्यसबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठक सुरु हुनासाथ समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले ३ महिना भित्र पाच पटक पेटोलिम पदार्थको मूल्य वृद्धि भएको भन्दै मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।
खेती लगाउने समयमा इन्धनमा मूल्य बढाएर सरकारले किसानलाई मार्न खोजेको उल्लेख गर्दे उहाँले मूल्यवृद्धिको प्रभाव खाद्य बस्तु, यातायात लगायत सबै क्षेत्रमा देखिएकाले मूल्य वृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखले ध्यानाकर्षण गराउनुभयो । शनिबार रातिदेखि लागू हुने गरी सरकारले इन्धनको मूल्य वृद्धि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।