बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन आग्रह गरेको छ ।
सहरी क्षेत्रमा खटिएका केही गणकले तथ्याङ्क सङ्कलनमा केही समस्या आएको गुनासाे गरेपछि विभागले लगत सङ्कलनका लागि घरघरमा पुगेका गणकलाई सहयोग गरिदिन अनुरोध गरेको हो । विभागका उपमहानिर्देशक हेमराज रेग्मीले आउँदो ९ गतेसम्म गणनाको मुख्य काम सकिसक्नु पर्ने भएकाले गणकहरुलाई सहयोग गरिदिन अनुरोध गर्नु भएको हो ।
उहाँकाअनुसार अहिलेसम्म हिमाली र पहाडी जिल्लामा ८० देखि ९० प्रतिशतसम्म गणनाको काम सकिएको छ । सहरी तथा तराई र मधेशको भने जानकारी आउन बाँकी रहेको विभागले जनाएको छ । विभागकका अनुसार दार्चुलाको तिङ्कर र छाङरुमा पनि जनगणना भएको छ । जनगणनाका लागि गणकको टोली नेपाली बाटो हुँदै तिङ्कर र छाङरु पुगेका हुन् ।
केन्द्रीय तथ्याङ्क विभागमा तिङ्कर र छाङरुमा ११७ घरधुरी रहेको जानकारी आएको छ । चिसोको मौसम सुरु भएसँगै त्यहाँका केही बासिन्दा सदरमुकाम खलङ्गा झरेकाले उनीहरुको गणना हुन बाँकी छ । गणकहरुले सदरमुकाममै फर्किएर उनीहरुको गणना गर्ने तयारी गरेका छन् ।
भारतले उसको बाटो प्रयोग गर्न नदिए पनि गणकहरु जोखिमयुक्त नेपाली बाटो हुँदै दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर पुगेका हुन् ।
यस्तै, राष्ट्रिय जनगणनाका लागि घरघरमा पुगेका गणकलाई सुविधा सम्पन्न भनिएकै काठमाण्डौ सहरमा तथ्याङ्क सङ्कलन गर्न सकस भएको छ ।
काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका केही बासिन्दाले तथ्याङ्क सङ्कलनमा सहयोग नगरेको गणकहरुको गुनासो छ । काठमाण्डौ उपत्यकाको जनगणनाका लागि अहिले झण्डै चार हजार गणक खटिएका छन् ।
उनीहरुमध्ये केहीले उपत्यकामा तथ्याङ्क सङ्कलन गर्न नै समस्या भएको बताएका छन् । गणनाका लागि घर घरमा पुगेका गणकहरुलाई गेट नखोलिदिने, भाडामा बसेकाहरुको विवरण दिन नमान्ने तथा घरको मुख्य मान्छे बाहेक अरु नबोल्ने गरेका जस्ता गुनासा आएका केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
गाउँगाउँमा खटिएका गणकहरुको अनुभव भने सहरको भन्दा ठ्याक्कै उल्टो छ । गणकहरुले गाउँगाउँमा स्वच्छ वातावरणसँगै गाउँका नागरिकको सम्मान र सत्कार पाएको अनुभव सुनाएका विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो ।
अहिले रेग्मीसहितको अनुगमन टोलीले ठाउँठाउँमा खटिएका गणकहरुसँग अन्तरक्रिया गर्ने र अनुभव सुन्ने गरेको छ । अन्तरक्रियामा गणकहरुले केही ठाउँमा तथ्याङ्क सङ्कलनमा सकस भोगेको र धेरै ठाउँमा सजिलै भएको बताएका रेग्मीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।