बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
डाेटी - बैतडीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।
गएराति दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट छुटेको म १ ज ३१० नम्बरको जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको र अर्का एक जनाको उपचारका लागि धनगढी लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार गम्भीर घाइते भएका जीप चालक डडेलधुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दुर्घटनामा दशरथचन्द–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको ज्यान गएको छ ।
दुर्घटनामा दशरथचन्द -६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते हुनुभएको छ । चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।