बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
कास्की – कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा भएको चुनावमा आमचुनावकै झल्को देखिएको छ । आज सोमवार तीन वटै निर्वाचन क्षेत्रमा भएको चुनावले आमचुनावको झल्को दिएको हो ।
सडकदेखि तीन वटै मतदानस्थलसम्म कांग्रेसका उम्मेदवार र समथर्कले उम्मेदवारकाे पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेको दृश्यले आमचुनावकाे झल्को दिइरहेको थियो ।
उम्मेदवारहरूले पनि नमस्कार गर्दै मतदाता फकाइरहेका थिए भने भोट पनि मागिरहेका थिए । त्यसैगरी सामाजिक सञ्जाललाई पनि भोट माग्ने र प्रचारप्रसार गर्ने थलोका रूपमा भरपूर प्रयोग गरेका थिए । केही उम्मेदवारले भने ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि प्रदर्शन गरिरहेका थिए । कास्कीमा झन्डै तीन सय बढी उम्मेदवार विभिन्न पदका लागि प्रतिस्पर्धामा छन् ।
कास्की कांग्रेसमा केन्द्रको गुटको प्रभाव खासै नदेखिए पनि स्थानीय ‘गुट’ हाबी भएको छ । क्षेत्र नम्बर १ मा कास्कीका जिल्ला सभापति कृष्ण केसी र पूर्वसभापति तथा पूर्वमन्त्री यज्ञबहादुर थापाको छुट्टाछुट्टै प्यानलबीच प्रतिस्पर्धा रहेको छ ।
त्यसैगरी क्षेत्र नम्बर २ मा पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेको प्यानल छ भने क्षेत्र नम्बर ३ मा तरुण दल सभापति मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरको देखिने गरी प्यानल बनेको छ ।
केही उम्मेदवारले भने स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । नेतृत्वमा आउनका लागि यो अधिवेशनमा बढी आकर्षण युवाको देखिएको छ । पार्टीभित्रको चुनावकाे जस्तै गरी आमचुनाव, पालिका र प्रदेश तहको चुनावमा उत्साह देखिए कांग्रेसले कुनै पनि चुनाव नहार्ने कास्की कांग्रेसका नेता सोभियतबहादुर अधिकारी बताउनुहुन्छ ।
पार्टीमा देखिएको यस किसिमको आकर्षणले पार्टी अझ उन्नत र गतिशील बनाएर देशलाई समुन्नतिको गन्तव्यमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका भौतिक योजनामन्त्री कुमार खड्काले बताउनुभयो ।
कांंग्रेसमा देखिएको गुटगत प्रतिस्पर्धा र तामझाम चुनावपछि सकिन्छ कि यसको परिणाम आउँदाे तीनै तहको चुनावमा पर्ने हो भन्ने सम्बन्धमा नेता, कार्यकर्ता चिन्तित बनेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।