जनकपुरधाम उपमहानगरपालिकाकाे मूलगेट र मेयरको कार्यकक्षमा ताला लगाइयाे

 मंसिर ६, २०७८ सोमबार १८:२६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन् । पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरूले उपमहानगरपालिकाको मूल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा ताला लगाएका छन् । नगरमा थुप्रिँदै गएको फोहरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाइ नभएपछि तालाबन्दी गर्न र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पटक–पटक आफूहरूले सफाइका लागि आग्रह गर्दा समेत पनि मेयर साहले कुनै चासो नदिएका र कर्मचारी, जनप्रतिनिधिसँग अभद्र व्यवहार गर्ने गरेको बताउनुभयो । 

अध्यक्ष सिंहले तालाबन्दी र धर्नापछि पनि नगरपालिकाले समस्या समाधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया