नेपाल बारकाे ज्ञापनपत्र : प्रधानन्यायाधीशलाई महाअभियाेग लगाउनुपर्ने १७ कारण

 मंसिर ६, २०७८ सोमबार १९:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउन विभिन्न १७ कारण प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएकाे छ । 

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग राख्दै गएकाे तीन हप्तादेखि आन्दोलनरत नेपाल बारले आज साेमवार प्रधानन्यायाधीश जबरामाथि महाअभियाेग लगाएर हटाउनका लागि राजनीतिक दल, सङ्घीय संसद्का सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएको हाे । 

‘वर्तमान प्रधानन्यायाधीश निरन्तर कार्यपालिका शक्तिको प्रभावमा परेको, अन्य जिम्मेवारीका साथै नेपालको संविधानको धारा १७ द्वारा उनलाई विश्वासका साथ प्रदान गरेको संवैधानिक दायित्व पूरा गर्न असक्षम रहेको, न्यायालयको साख, इज्जत, प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्वबाट पूर्ण रूपमा विमुख भएको लगायतका आरोपका साथ राजीनामा माग गरी याे ज्ञापन पत्र बुझाएका छाैँ’, पत्रमा भनिएकाे छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया