सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डौसँग जोडिएका मुख्य चार नाका कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने छ ।
अस्तिदेखि सुरु भएको खोप कार्यक्रम आउँदो पुस ५ गतेसम्म चल्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यी क्षेत्रमा रहेका खोप केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा उमेर खुलेको प्रमाण पत्र भने लैजानु पर्नेछ ।
काठमाण्डौ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले चारवटै खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका खोप दिइने जानकारी दिनुभयो । उहाँका अनुसार योसँगै महानगरका ३२ वटै वडामा तोकिएको खोप केन्द्रबाट आज र भोलि कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गरिँदैछ ।
यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरूलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रदिप राई
Dec. 5, 2021, 12:26 p.m.भ्याक्सनकै कारण नयाँं भ्यारियन्टको उत्पति भएको भन्ने हल्ला सुनिन्छ, साँचो कुरा के हो ?
Sudip Bayalkoti
Nov. 23, 2021, 8:37 a.m.हामी शंखमुलमा बसछौ तर आज सम्मा कुनै कोरोनाको खोप लगाएका छैनाउ कृपया एस्को लागी प्रक्रिया के छ भनीदिनुना,,,,