'ड्युटी सकियाे' भन्दै यात्रुलाई अलपत्र पार्ने पाइलटलाई मन्त्रालयले स्पष्टीकरण साेध्याे

 मंसिर ७, २०७८ मंगलबार १५:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौबाट रुकुमका लागि उडेको नेपाल एअरलाइन्सको जहाजलाई नेपालगञ्ज अवतरण गराउने पाइलटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

हिजो साेमवार काठमाण्डौबाट सल्लेका लागि उडेको नेपाल एअरलाइन्सको ट्वीनअटर जहाजलाई पाइलट पेम्बा शेर्पाले आफ्नो 'ड्युटी' सकिएको भन्दै नेपालगञ्ज अवतरण गराएर अलपत्र पारेको यात्रुले गुनासो गरेका छन् ।

यात्रुको गुनासोपछि मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाइलट शेर्पालाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ  । मन्त्री आलेले कुनै पनि व्यक्तिले गैरजिम्मेवार भएर यात्रु अलपत्र पार्ने काम आफूलाई सह्य नहुने चेतावनी पनि दिनुभएको मन्त्रालयले जनाएको छ ।

पाइलट शेर्पाले आफ्नो ड्युटी बेलुका ४ बजेसम्म मात्रै भएको भन्दै हिजो जहाजलाई रुकुम नपुर्‍याइ नेपालगञ्जमै अवतरण गराउनुभएको थियो । 

पाइलटले अलपत्र पारेपछि नेपालगञ्जमा राेकिएका यात्रुलाई आज बिहान रुकुम पुर्‍याइएको निगमले जनाएकाे छ । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • देवानन्द आचार्य दैलेख

    Nov. 23, 2021, 5:36 p.m.

    सेवा भनेको के हो सेवाप्रदायकले भने बुझ्नु पर्छ।त्यति सम्मानित पेशालाई आफूले लज्जित गराउनु भयो बधाई तथा शुभकामना 😂

  •  0 Reply

तपाईको प्रतिक्रिया