तानसेन–रिडी–तम्घास सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने

 मंसिर ८, २०७८ बुधबार ६:४३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पाल्पा र गुल्मीको तानसेन–तम्घास सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको पाल्पा जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कार्य भइरहेकाले आउँदो २२ गतेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

यो सडक दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ । सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावस्यक बाहेकका गाडीलाई रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाले सूचना निकालेर जनाएको हो ।


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया