बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावना बलियो

 भदौ २२, २०७५ शुक्रबार ६:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - पाकिस्तानलाई हराउँदै बंगलादेशले साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

तोपु बर्मानको दोस्रो हाफको गोल निर्णयक बन्दा बंगलादेशले पाकिस्तानमाथि १–० को जित दर्ता गरायो । प्रतिष्पर्धात्मक खेलमा बंगलादेशले पाकिस्तानको पोस्टमा धेरैपटक प्रहार गरेको थियो । तर पाकिस्तानको बलियो रक्षापंक्तिले गोल हुन पाएन ।  

नियमित समय सकिन पाँच मिनेट बाँकी हुँदा बंगलादेशले अग्रता लियो । त्यही अग्रता जोगाउँदै बंगलादेशले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

समूहमा नेपाल र पाकिस्तानको ३–३ अंक छ भने बंगलादेशको ६ अंक भएको छ । भुटान भने अहिलेसम्म अंकविहीन छ । तर पनि यो समूहमा सबै टिमको सेमिफाइनलको सम्भावना छ ।

सेमिफाइनल पुग्नका लागि अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराउनै पर्नेछ । पाकिस्तान भुटानसँग पराजित भएको खण्डमा भने नेपालले बंगलादेशलाई बराबरीमै रोके पनि पर्याप्त हुनेछ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया