२४ घण्टामा ३ सय ३२ जनामा काेराेना पुष्टि, २ सय ३२ जना निकाे

 मंसिर ८, २०७८ बुधबार १७:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख २० हजार चार जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा एन्टिजेनबाट सङ्क्रमण पुष्टि भएको विवरण छुट्टै सार्वजनिक गरे पनि उनीहरू निको भएको विवरण भने सार्वजनिक गरेको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३२ जना सङ्क्रमणमुक्त भएका छन् । योसहित काेराेनाबाट निको हुनेको सङ्ख्या आठ लाख एक हजार एक सय २२ जना पुगेको छ ।

यही अवधिमा थप चार जनासहित नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ११ हजार पाँच सय १३ जनाले ज्यान गुमाएका छन् ।

अहिले नेपालमा सात हजार तीन सय ६९ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार दुई सय ६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया