जुम्ला कांग्रेस सभापतिमा संस्थापन पक्षका शाही विजयी, बाँकीमा पाैडेल पक्ष

 मंसिर ८, २०७८ बुधबार १७:५२:३५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – नेपाली कांग्रेस जुम्लाको सभापतिमा संस्थापन पक्षका सभापतिका कर्णबहादुर शाही विजयी हुनुभएको छ । सभापति शाही खसेको कुल नाै सय ८१ मतमध्ये चार सय ७४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी पौडेल पक्षका दीपबहादुर शाहीले चार सय ६९ मत प्राप्त गर्नुभयाे । सभापतिमा पाँच मतको अन्तरले संस्थापन पक्षका शाही विजयी हुनुभएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिनुभयो ।

सभापति शाहीबाहेक अन्य पदाधिकारीमा पौडेल पक्षीय प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा दीपक शाही र कार्मा बुढा विजयी भएका छन् । शाहीले पाँच सय १६ र बुढाले चार सय ८६ मत प्राप्त गरेका छन् । 

सचिवमा अर्जुनसिंह कठायत र लक्ष्मण शाही विजयी भएका छन् । कठायतले पाँच सय १८ र शाहीले चार सय ५७ मत प्राप्त गरेका छन् । सहसचिवमा नन्दप्रसाद चौलागाईँ पाँच सय र धनेन्द्र बोहोराले चार सय ४८ मत प्राप्त गरेर विजयी भएका छन् । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया