पाँच देशका राजदूतले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरे

 मंसिर ८, २०७८ बुधबार १९:३७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा आज बुधवार दिउँसाे आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्युजिल्यान्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । 

सिङ्गापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्यान्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया