काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
यूईएफए नेशन्स लिगमा वेल्सले रिपब्लिक अफ आयरल्याण्डलाई चार एकले हराउँदै उत्कृष्ट सुरुवात गर्न सफल भयो ।
एकतर्फि जस्तो बनेको खेलको पहिलो हाफमा नै वेल्सले आयरल्याण्ड विरुद्ध तीन गोल गरेको थियो । जसमा खेलको छैटौं मिनेटमा नै टोम लरेन्सले गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाए ।
१८ औं मिनेटमा ग्यारेथ बेलले टिमका लागि दोस्रो गोल गरे । ३७ औं मिनेटमा आरोन राम्सेले गोल गरेपछि वेल्सले अग्रता तीन शून्यमा पुर्यायो । पहिलो हाफमा तीन गोल गरेको वेल्सका लागि ५५ औं मिनेटमा रोबर्टसले चौथो गोल गरे ।
चार गोलले पछि परेको आयरल्याण्डले ६६ औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न सकेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।