खुल्दै आन्तरिक उडान

 मंसिर ९, २०७८ बिहिबार १०:३८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान खुल्न थालेका छन् ।

विराटनगर, भरतपुर, नेपालगञ्ज, भैरहवा  जनकपुर लगायत ठाउँमा उडान सुरु भएको छ ।

तुवाँलो लागेका कारण बिहान उडान बन्द भएका थिए । यी क्षेत्रमा  तोकिएको समयमा भन्दा ढिलो गरी उडान भएको हो । तर, पोखरा, लुक्ला र सुर्खेतमा भने अझै उडान सुरु हुन सकेको छैन ।

हुस्सु र तुवाँलोका कारण यी क्षेत्रका हवाई उडान प्रभावित भएका हुन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया