सेरेना विलियम्स यूएस ओपनको फाइनलमा

 भदौ २२, २०७५ शुक्रबार ७:१५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरीकी टेनिस खेलाडी सेरेना विलियम्स वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपनको फाइनलमा प्रवेश गरेकी छिन् । 

शुक्रबार बिहान भएको सेमिफाइलनमा लातभियाकी अनास्तासिजा सेभास्तोभालाई दुई शून्यको सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाइन् । ३६ वर्षीय सेरेनाले सेभास्तोभा विरुद्ध पहिलो सेट ६–३ ले जितीन भने दोस्रो सेटमा ६–० ले विजयी भइन् ।

अब सेरेना सर्वाधिक धेरै ग्राण्डस्लाम जित्ने खेलाडी मारग्रोट कोर्टको रेकर्डलाई बराबरी गर्न एक जित टाढा छिन् । उनले २४ ग्राण्डस्लाम जितेकी छिन भने सेरेनाले अहिलेसम्म २३ वटा हात पारेकी छिन् । 

करियरको ३१ औं ग्राण्सस्लामको फाइनल खेल्न तयारीमा रहेकी सेरेनाले यो उपाधि जितेमा बढी उमेरमा उपाधि जित्ने पहिलो खेलाडी बन्नेछिन् । उपाधिका लागि सेरेनाले माडिसन किज र जापानकी नाओमी ओसाका बीचको विजेतासँग खेल्नेछिन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया