राप्रपामा नेता लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

 मंसिर ९, २०७८ बिहिबार १२:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

नेपालगञ्जका मेयरसमेत रहेका नेता धवल शम्शेर राणाको समर्थनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

काठमाण्डौमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उहाँले आम कार्यकर्ता र शुभेच्छुकका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

उहाँले अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै आलोचना पनि गर्नु भएको छ ।

आउँदो १५ गतेदेखि १७ गतेसम्म राप्रपाको महाधिवेशन काठमाण्डौमा हुँदैछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया