जनगणना आजदेखि औपचारिक रूपमा सकियाे, छुटेकाले ११७८ मा फाेन गर्न सक्ने

 मंसिर ९, २०७८ बिहीबार १७:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना आज बिहीवारदेखि औपचारिक रूपमा सकिएको छ ।

आजसम्म पनि गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूकाे भने भोलि शुक्रवार पनि गणना गरिने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । तर भोलि गणना भए पनि आजसम्मकै तथ्याङ्कलाई आधार मानिने उहाँको भनाइ छ ।

भोलि गणना गर्दा भोलि नै कसैको परिवारमा कोही जन्मिएका, मृत्यु भएका भए पनि आजसम्मकै तथ्याङ्क लिइने उहाँले बताउनुभयो । भोलिसम्ममा सबै गनेर सकिने उहाँले दाबी गर्नुभयो ।

विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने छ । गएको २५ गतेदेखि गणकहरू नागरिकका घरदैलामा पुगिरहेका छन् । जनगणनाका लागि देशभर आठ हजार पाँच सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक गणकले एउटा परिवारसँग २० मिनेटमा प्रश्नावली सोध्ने गरी औसत समयसमेत तय गरिएको थियो ।

तथ्याङ्क विभागले गणना  औपचारिक रूपमा सकिएको दाबी गरे पनि कैयौँ व्यक्तिले भने आफूहरूकोमा गणनाका लागि मानिस नआएको भन्दै गुनासो गरेका छन् । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Samir Shrestha

    Nov. 25, 2021, 7:51 p.m.

    मेरो छुटेको छ

  •  0 Reply

तपाईको प्रतिक्रिया