बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - हुम्लामा खाद्यान्न पठाउन ढिलाइ भएको छ । यसअघि गृह मन्त्रालयले भोकमरीको अवस्थामा पुगेको हुम्लाको नाम्खा गाउँपालिका वडानम्बर ६ लिमीमा आज खाद्यान्न पुर्याउने जनाएको थियो ।
सरकारसँग चामल माग्न काठमाण्डौ आएका नाम्खा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङ र सांसद छक्कबहादुर लामासँगको भेटमा मन्त्रालयले चामल ढुवानी गर्ने बताएको थियो । तर, अहिले मन्त्रालयले सेनाको हेलिकप्टर बिग्रिएको भन्दै खाद्यान्न पठाउन ढिलाइ गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले आउँदो सोमवारसम्म भने खाद्यान्न पठाउने गरी तयारी भइरहेको प्रतिक्रिया दिनुभयो । ‘हेलिकप्टर बिग्रेकाले आज खाद्यान्न पठाउन सकेनौँ’, ‘आउने सोमवारसम्म जसरी भए पनि खाद्यान्न पठाउँछौँ’उहाँले भन्नुभयो ।
गृहले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पनि खाद्यान्न पठाउन आग्रह गरेको छ । तर खाद्यले टेन्डर प्रक्रियामार्फत हुम्लामा खाद्यान्न ढुवानी गर्दा लामो समय लाग्ने देखिन्छ । अहिले खाद्यान्न पठाउने विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको प्रवक्ता पोख्रेलले बताउनुभयो । गृहले खाद्यान्न पठाउन ढिलाइ गर्दा हुम्लामा खाद्यान्नको समस्या झन् बढ्दै गएको छ ।
ढुवानीमा कमिसनको खेल हुँदा हुम्लाका धेरैजसो क्षेत्रमा चामल अभाव भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले बताउनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।