झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गयो

 मंसिर १०, २०७८ शुक्रबार १०:३८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ ।

हात्तीको आक्रमणबाट  भद्रपुर नगरपालिका‍-९ का ६० वर्षीय राकबहादुर बुर्जा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीकाअनुसार आज बिहान मेची नगरपालिका १४ शनिबारेका टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई हात्तीले आक्रमण गरेको थियो । 

अन्तिम अपडेट: मंसिर १२, २०७८

तपाईको प्रतिक्रिया