सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन हुन्छ : एमाले अध्यक्ष ओली

 मंसिर १०, २०७८ शुक्रबार १६:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको छ । उहाँले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्ने उहाँले बताउनुभयो ।

चितवनमा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा उच्चस्तरको समझदारी र एकता कायम गरी देशलाई दिशानिर्देश गर्ने नेतृत्व निर्माण गर्ने उल्लेख गर्नुभयाे । महाधिवेशनको बन्द सत्रबाट सुखद सन्देशसहित बाहिरिने उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्ण रूपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने बताउनुभयो ।

एमालेको दशौँ महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया