बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ३२ जनाको नमूना परीक्षण गर्दा तीन दशमलव २१ प्रतिशत अर्थात दुई सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका सहित नेपालमा पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ लाख २० हजार सात सय २४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार चार सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय २५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख दुई हजार ४७ जना पुगेको छ । यस्तै थप तीन जना सहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २१ जना पुगेको छ ।
अहिले नेपालमा सात हजार एक सय ५६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख १५ हजार चार सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित ८२ लाख ९० हजार चार सय दुई जनाले पूर्ण मात्रा र ९५ लाख ४३ हजार चार सय आठ जनाले कम्तीमा एक मात्रा खाेप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।