जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउने पाँच जनाकै पहिचान खुल्यो

 मंसिर १२, २०७८ आइतबार १२:२२:१० | बालकुमार शर्मा
unn.prixa.net

जाजरकाेट - जाजरकोट बस दुर्घटनामा ज्यान गुमाएका पाँच जनाकै पहिचान खुलेको छ । 

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोट-९ कुदु बराहचौरमा दुर्घटना भएको थियो ।

 दुर्घटनामा दुई महिला, दुई जना पुरुष र एक जना बालिकाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा कुशे–९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली, आठबीसकोट-५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाही, आठबीसकोट-४ की चार वर्षीया दिव्या शाही, नलगाड–३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार र सप्तरी राजविराजका ४० वर्षीय गंगाराम यादव रहेका प्रहरीले जनाएको छ । 

बसमा ३२ जना यात्रु रहेकामा २७ जना घाइते भएका थिए । प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भएको र अन्यको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । 

बस सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो  ।

अन्तिम अपडेट: चैत १५, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • अजित कार्की

    Nov. 28, 2021, 1 p.m.

    याे त तिब्र गति र सवारी चेकजाँच काे कमि कै कारण र सडकको मर्मतसम्भार नहुदा यस्तो घटना हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया