८० अङ्कले घटेको शेयर बजार राताम्मे, पाँच अर्ब ८३ करोड रुपैयाँको कारोबार

 मंसिर १२, २०७८ आइतबार १५:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव २९ अङ्कले घटेर दुई हजार ६ सय ५१ दशमलव ४९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा व्यापार, होटल, विकास बैंक, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३४ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको २९ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज हिमालयन पावर पार्टनर र मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि आईसीएफसी फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया