केपी ओली बन्द सत्र स्थलमा, अध्यक्ष मण्डलकाे बैठक सुरु

 मंसिर १२, २०७८ आइतबार २२:१७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवनको सौराहामा जारी नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थलमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बन्द सत्र स्थलमा प्रवेश गरेसँगै अध्यक्ष मण्डलको बैठक सुरु भएको हो ।

महाधिवेशनको अध्यक्ष मण्डलमा अध्यक्ष ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पनि अध्यक्ष मण्डलमा हुनुुहुन्छ ।

अध्यक्ष मण्डलको बैठकपछि बन्द सत्र सुरु हुने बताइएको छ । बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको नाममा सहमति गर्ने र आजै घोषणा गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

बन्द सत्र स्थलबाहिर अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत हुनुपर्ने माग गर्दै कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । बिहान १० बजे सुरु हुने भनिएको बन्द सत्र बेलुकी ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु भएको हो । आठ बजेपछि प्रतिनिधिहरू बन्द सत्र हलमा प्रवेश गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया