कालीकाेटमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

 मंसिर १३, २०७८ सोमबार ११:१:११ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकाेटकाे नरहरिनाथ गाउँपालिका-१ निलाखामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । 

सिमेन्ट र डिजेल बाेकेर जितेगडाबाट नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थलतर्फ जाँदै गरेको बा ५ ख ४६४३ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा परि ट्रक चालक नरहरिनाथ-१ का जयबहादुर विष्टकाे ज्यान गएकाे कालीकोटका डीएसपी सिद्धराज न्यौपानेले बताउनु भयो ।

दुर्घटनामा घाइते भएका नेत्रबहादुर विष्टलाई  उपचारका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको न्यौपानेले बताउनु भयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया