एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित

 मंसिर १३, २०७८ सोमबार ११:५३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध चयन भएको छ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । एमालेको दशाैँ महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको हो।

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने चुनाव हुने  भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने  उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टङ्क कार्कीको पनि उम्मेदवारी परेको छ ।

अन्तिम अपडेट: पुस २६, २०७८

तपाईको प्रतिक्रिया