म्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयाे, ६ जना घाइते

 मंसिर १३, २०७८ सोमबार १८:३७:० | प्रताप बानियाँ
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी – उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलामा आज (सोमवार) जीप दुर्घटना भएको छ । सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरीले दिएको जानकारीअनुसार बेग खोलाकाे उकालो जाँदै गरेको जीप सडकबाट तल खसेकाे हाे । जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज केसीले बताउनुभयो । दुर्घटनामा जीप चालकसहित ६ जना घाइते भएका छन् । 

दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरूकाे उद्धारका लागि म्याग्दी सदरमुकाम बेनीबाट प्रहरीको टोलीसहित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको रेडक्रस घटनास्थलमा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकाहरूको पहिचान खुल्न र दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया