बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरूले पनि सरकारी विज्ञापन पाउने बताउनुभएको छ । आज सोमवार प्रेस सेन्टर नेपाल काठमाण्डाैकाे तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाइ मूल्याङ्कन गरेर अनलाइनहरूलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । उहाँले त्यसका लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाँडै प्रक्रिया अगाडि बढ्न सक्ने बताउनुभयो ।
मन्त्री शर्माले भन्नुभयो,‘सरकारले अनलाइनहरूलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरूले सरकारी विज्ञापन पाउनेछन् । कार्यविधि र मूल्याङ्कनको काम अगाडि बढाउन प्रेस सेन्टरले बातावरण बनाउनुपर्छ । यो कामको सुरुवात गर्न प्रेस सेन्टरलाई आग्रह छ । अन्य पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिमका लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको छ ।’
अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य सङ्घर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्ने बताउनुभयो । उहाँले नेकपा माओवादी प्रचण्ड पक्षबाटै शान्ति प्रक्रियादेखि आजसम्मको स्थितिमा आएको बताउनुभयो । उहाँले नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउँदै अब नेपालमा समाजवादी बाटो नयाँ बाटोको आवश्यकता भएको औल्याउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।