म्याग्दीमा जीप दुर्घटना : ज्यान गुमाउने ४ जना पुगे, ३ जना पोखरा रेफर

 मंसिर १३, २०७८ सोमबार २०:४६:१४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलाको औल भन्ने ठाउँमा आज (सोमवार) बेलुकी जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

जीप दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरूमा चालकसहित आठै जना रघुगंगा गाउँपालिका १ बेग खोलाका रहेका छन् । 

ज्यान गुमाउनेमा बेग खोलाकी ३० वर्षीया गौमाया विक, ४० वर्षीय जीप चालक दुतबहादुर थापा, २५ वर्षीय खिम पुन र ५८ वर्षीय खिमनाथ शर्मा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईले जानकारी दिनुभयो ।  

दुर्घटनामा घाइते हुनेहरूमा बेग खोलाका २० वर्षीय भीम फगामी, ४५ वर्षीय बेलबहादुर विक, २३ वर्षीय मनोज पुन र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा रहेका डीएसपी राईले बताउनुभयो । घाइतेहरूको टाउको, र शरीरका विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

घाइते भएकाहरूको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि तीन जनालाई पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । घाइते शेरपुञ्जाको बेनी अस्पतालमै उपचार भइरहेको छ ।  

उकालो बाटोमा बेगखोला गाउँतर्फ जाँदै गरेको जीप सडकबाट तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेकाे प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया