दैलेखमा भिरबाट लडेर एक वृद्धाकाे ज्यान गयो

 मंसिर १४, २०७८ मंगलबार १२:५१:५५ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ । बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाकाे भिरबाट लडेर ज्यान गएकाे हाे । 

लडेर नारायण नगरपालिका-४ सोतकी मैसरा कटुवालकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

कटुवाल रातापानी भिरबाट २ सय मिटर तल  खस्नु भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया