एमाले महाधिवेशन : ३९ प्रतिनिधि मतदानमा सहभागी भएनन्

 मंसिर १४, २०७८ मंगलबार १२:५६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेको दशाैँ महाधिवेशन अन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार २१५३ मतदातामध्ये २११४ जनाले मतदान गरेका छन् ।

बिहान ४ बजेदेखि भएको मतदान बिहान ११ बजेतिर सकिएको थियो । एमाले दशाैँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार  विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएकाले मत गणना थालेको झण्डै ३ घण्टामा पूर्ण नतिजा आइसक्ने छ ।

अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया