यस्ताे छ एमाले महाधिवेशनबाट निर्वाचित केपी ओली नेतृत्वको टिम (मत परिणामसहित)

 मंसिर १४, २०७८ मंगलबार २०:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेकाे १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएकाे छ । 

नेकपा एमालेको अध्यक्षमा केपी ओली निर्वाचित हुनुभएको छ । ओली भीम रावललाई भारी मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

एमाले निर्वाचन समितिका अनुसार ओलीले एक हजार आठ सय ३७ मत प्राप्ता गर्दा अध्यक्षका अर्का उम्मेदवार रावलले दुई सय २३ मत ल्याउनुभएको छ ।

यस्तै महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

कसले कति मत पाए ?

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया