रुकुम पश्चिमका शिक्षकले साउन महिनादेखिको तलब पाएनन्

 मंसिर १७, २०७८ शुक्रबार १३:४:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको एक सरकारी विद्यालयका शिक्षकले साउनदेखि तलब पाएका छैनन् ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ९ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका शिक्षकहरुले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकको तलब नपाएका हुन्।

कार्तिक महिनामै दिनुपर्ने तलब अहिलेसम्म नदिएपछि विद्यालयमा कार्यरत १४ जना शिक्षक मर्कामा परेका विद्यालयका प्रधानाध्यापक धर्मसिंह केसीले बताउनुभयो ।

प्रधानाध्यापक केसीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटा विद्यालयमा जानकारी नदिइ सम्पर्कविहीन भएकाले तलब खुवाउन नसकिएको छ ।

उहाँका अनुसार शिक्षकहरुको तलब गाउँपालिकाले बैंक खातामा दशैँ अगाडि नै जम्मा गरेको छ।

खातामा अध्यक्ष देवकोटाको हस्ताक्षर अनिवार्य रहेकाले पैसा निकाल्न नसकिएको प्रधानाध्यापक केसीको भनाइ छ। 

अन्तिम अपडेट: फागुन २९, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया