१४ दिनदेखि अनसन बसिरहेका हार्दिक पटेल अस्पताल भर्ना

 भदौ २२, २०७५ शुक्रबार १८:२६:३० | एजेन्सी
unn.prixa.net

पछिल्लो १४ दिनदेखि अनसन बसिरहेका गुजरातमा पाटीदार नेता हार्दिक पटेल अस्पताल भर्ना भएका छन् । 

पाटीदार समुदायका नेता नरेश पटेलले हार्दिक पटेललाई भेटेर अनसन तोड्न आग्रह गरेका थिए । त्यसपछि एम्बुलेन्समा राखेर हार्दिक पटेललाई सोल सिभिल अस्पताल लगिएको थियो । हार्दिकको तर्फबाट अनसन तोडेको बारे कुनै घोषणा भएको छैन । 

गुजरात सरकारले हार्दिकको अनसनलाई कांग्रेसद्वारा प्रायोजित सरकार ढाल्ने षड्यन्त्र भएको आरोप लगाएको छ ।

शत्रुधन सिन्हा, यशवन्त सिन्हा, आम आदमी पार्टी तथा तृणमुल कांग्रेसका केही नेता हार्दिकलाई भेट्न आएका थिए । अगस्ट २५ देखि अनसन बसिरहेका हार्दिकले सरकारसँग तीनवटा माग राखेका छन् । उनले पटेलहरुका लागि आरक्षण, गुजराती किसानको ऋण मिनाहा तथा अल्पेश कठेरियाको रिहाईको माग गर्दैै आएका छन् ।

‘म मरे पनि बीजेपीलाई के फरक पर्छ र ?’

अनसनकै क्रममा हार्दिकले लगातार बीजेपीविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् । बिहीबार ट्वीट गर्दै उनले भने, ‘गोधरा काण्डका गुण्डा गुजरातको बीजपीलाई म मरे पनि केही फरक पर्दैन । हजारौँ मानिसको हत्या गरेर जो सत्ता प्राप्त भएको छ । १३ दिनको अनसनपछि पनि बीजेपीले किसना र पटेल समुदायका बारेमा केही सोचेको र बोलेको छैन । केही छैन, चुनाव आइरहेको छ ।’

हार्दिक पटेलविरुद्ध सन् २०१५ मा दायर भएको राजद्रोहको मुद्धामा अक्टोबर ९ मा  गुजरात उच्च अदालतले अन्तिम सुनुवाइ गर्नेछ । हार्दिक पटेलले आफू निर्दोष भएको बताउँदै गएको अप्रिलमा उच्च अदालतमा रिट दायर गरेका थिए । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया