कांग्रेस महाधिवेशन : ६ प्रदेशमा चुनावी प्रक्रिया सुरु

 मंसिर १७, २०७८ शुक्रबार २०:५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ । हिजो बिहीवारदेखि सुरु भएको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि प्रदेश १ मा उद्धव थापा र गुरुराज घिमिरे, वाग्मतीमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसी, गण्डकीका  अर्जुन जोशी र शुक्रराज शर्माले उम्मेदवारी दिनुभएको छ ।

यस्तै लुम्बिनीमा भरतकुमार शाह र अमरसिंह पुन, कर्णालीमा ललितजङ्ग शाही, भूपेन्द्रजङ्ग शाही र मोतीराज बम र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर र नारायण मिश्रले उम्मेदवारी दिनुभएको छ । 

प्रदेश २ मा श्रीकृष्ण यादव र रामसरोज यादवले उम्मेदवारी घोषणा गर्नु भएपनि चुनावी प्रक्रिया सुरु भएको छैन ।    

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया