मङ्सिर २३ देखि 'किम्फ', २८ देशका ६० भन्दा बढी चलचित्र देखाइने

 मंसिर २०, २०७८ सोमबार १३:४८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औँ संस्करण यही मङ्सिरको तेस्रो हप्ता हुने भएको छ । हिजाे आइतवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी यही मङ्सिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिइएको हो ।   

किम्फको यो संस्करणमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेशन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्रको अनलाइन र प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । यो वर्ष किम्फमा एउटा विधा 'जलवायु कर्म' राखिएको बताइएको छ ।

किम्फको उद्घाटनका लागि भारतका  वातावरणविद् सोनम वाङ्चुक आउनुहुने भएको छ ।  महोत्सवमा अनलाइनबाट देखाइने चलचित्रहरू किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सवको अवधिभर हेर्न सक्ने जनाइएको छ ।

यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलाे हुनेलाई दुई लाख रुपैयाँ, दोस्रो हुनेलाई डेढ लाख र तेस्रो हुनेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार रुपैयाँ र उत्कृष्ट चलचित्रले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।

किम्फमा देखाइने चलचित्रहरूकाे सूची–

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया