शिक्षामन्त्रीलाई मुस्लिम आयाेगकाे प्रश्न : ‘मदरसामा बाेरा ओछ्याएर कहिलेसम्म पढ्नुपर्ने हाे ?’

 मंसिर २०, २०७८ सोमबार १६:३०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने बताउनुभएकाे छ । मन्त्री पाैडेलले त्यसका लागि प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह पनि गर्नुभएकाे छ ।

मुस्लिम आयोगले तयार पारेको 'नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण' अध्ययन प्रतिवेदन आज सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशिताको कुरा सुनिश्चित गरे पनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको बताउनुभयाे । उहाँले राजनीतिक दलहरूभित्रै संविधानको भावनाअनुसार समावेशिताको सिद्धान्तलाई अङ्गीकार गरिसकेको अवस्था नरहेको स्वीकार गर्नुभयो । 

मन्त्री पौडेलले मदरसा शिक्षाको रूपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि बताउनुभयाे । 

कार्यक्रममा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताउनुभयो । उहाँले अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढ्नुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष अन्सारीले भन्नुभयो, ‘अझै पनि मदरसामा बोरामा बसेर पढ्नुपर्ने अवस्था छ । कहिलेसम्म यो अवस्था रहन्छ ? जुन सार्वजनिक शिक्षालय स्कुल छ । सरकारी स्कुल चाँहि सुविधा सम्पन्न छ । मदरसामा भने बोरा ओछ्याएर पढ्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ ? अब यो अवस्थामा परिवर्तन गर्नुपर्छ ।’

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मदरसा शिक्षालाई बेवास्ता गरिएको उल्लेख गर्दै सरकारको आलोचना गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया