नेपाल एअरलाइन्सले खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पायाे

 मंसिर २०, २०७८ सोमबार १७:१५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले पहिलो पटक खतराजन्य पदार्थ ओसारपसार गर्ने वायु सेवाको रूपमा अनुमति प्राप्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियतामा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्ने वायु सेवाको रूपमा अनुमति प्राप्त गरेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को मापदण्डमा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपछि निगमले यस्तो अनुमति प्राप्त गरेको हो ।

आज साेमवार पर्यटन मन्त्रालयमा भएको कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले खतराजन्य पदार्थ ओसारपसार अनुमति पत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गर्नुभयो ।  

६३ वर्षदेखि अहिलेसम्म निगम यात्रु तथा कार्गो ओसारपसारमा मात्र सीमित रहेकोमा अब खतराजन्य पदार्थ अन्तर्गत पर्ने कार्गो सामानहरूको ओसारपसारमार्फत विदेशी मुद्रा देशमा भित्र्याउने निगमको दाबी छ ।

आउँदा दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीय सामानलगायतकाे ओसारपसारमा सहज हुने निगमले जनाएको छ । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया