नेपालले एमसीसी लिने/नलिनेबारे अमेरिकालाई प्रष्टसँग भन्नुपर्छ : प्रस्तावित राजदूत खत्री

 मंसिर २०, २०७८ सोमबार १८:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाका लागि प्रस्तावित राजदूत प्राेफेसर श्रीधर खत्रीले नेपालले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताउनुभएको छ । 

आज सोमवार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरूले भ्रम फैलाउने काम गरेको दाबीसमेत गर्नुभयो । उहाँले याे सम्झौतालाई इन्डो–प्यासेफिक रणनीतिसँग जोडेर हेर्न नहुने बताउनुभयो । 

प्रस्तावित राजदूत खत्रीले एमसीसी अनुदान भएको र ऋण तिर्नुनपर्ने स्पष्ट पार्नुभयो । यो सम्झौाता दुई देशबीचको सहयाेगमा अगाडि बढ्ने उहाँको बुझाइ थियो । 

प्रस्तावित राजदूत खत्रीले भन्नुभयो, ‘धेरैजसाेले इन्डो–प्यासेफिक रणनीति र एमसीसीलाई मिसाएर हेर्ने गरेका छन् । यो धारणा केही हदसम्म गलत पनि हो । यसलाई बुझ्न नेपालतर्फ र अमेरिकातर्फबाट पनि गल्ती भयो भन्ने लाग्छ । हामीले याे सम्झाैता लिने हो भने पनि प्रष्ट भने हुन्छ, नलिने हो भने पनि प्रष्ट भने हुन्छ ।’

प्रस्तावित राजदूत खत्रीले संसदीय समितिलाई अमेरिकाले एमसीसीबारे पछिल्लो पटक प्रष्ट पारेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया