विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देश...
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले १९९६ देखि डिसेम्बर ७ लाई नागरिक उड्डयन दिवसको रुपमा मान्यता दिएपछि मनाउन थालिएको हो ।
नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो । प्राधिकरणको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले अहिले सात देशका नौ गन्तव्यमा दुई वाइड बडी र दुई न्यारो बडी गरी चार जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । साथै निगमले खतराजन्य पदार्थ ओसारपसारको अनुमति पाएको छ ।
निगमको ६३ वर्षे इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको स्थायी अनुमति पाएको हो । प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमति पत्र प्रदान गरेको हो ।
निगमले यसअघि अस्थायी रूपमा हरेक तीन महिनाका लागि अनुमति लिएर खतराजन्य पदार्थ ओसारपसार गर्दै आएको थियो । अबदेखि स्थायीरूपमा अनुमति पाएको छ । योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले खतराको सूचीमा राखेका वस्तु निगमले आवश्यक सुरक्षा अपनाएर ढुवानी गर्न सक्नेछ ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको र निगमलाई पनि आर्थिक रूपमा नाफा हुने विश्वास व्यक्त गर्नुभयो । निगम अहिले पनि ५० अर्ब रुपैयाँभन्दा बढी ऋणमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।